
पोखरा । घुस लिँदालिँदै बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले उनलाई पोखराको जिरो किमीबाट रंगेहात समातेको हो ।

कास्की बस्दै आएका इञ्जिनियर मिलन अधिकारीलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएकाे अख्तियारको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए ।
आर्थिक वर्ष सकिनै लागेको बेलामा सेवाग्राहीसँग योजना मिलाइ दिएको बहानामा घुस लिएको अभियोगमा उनलाई समातिएको हो । उनले १ लाख रुपैयाँ घुस लिएका थिए ।
बिज्ञापन



विशेष सूचनाको आधारमा उनलाई समातेको प्रवक्ता रिजालले जानकारी दिए ।
