
सुरुङ्गा। झापाको कनकाई नगरपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कनकाइ नपाको दलित सामुदायिक भवनको क्वारेन्टाइनमा बस्दैआएका कनकाई नपा वडा नम्बर ७ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिनु भएका लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।
वहाँका अनुसार गत असार २९ गते ८ जनाको स्वाब संकलनगरि परीक्षणको लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । सोको आज आएको रिपोर्टमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
आज संक्रमण पुष्टि भएकालाई गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको अधिकारीले जानकारी दिनुभयो ।