शिवसताक्षीमा  कुनै पनि आपराधिक गतिविधि हुन दिन्न- प्र. नि. ठाकुर

झापा: समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरीको भुमिका उच्च रहन्छ । कोरोनाको महामारीमा समेत उच्च मनोबलका साथ मानवीय सेवामा जुट्ने केही प्रहरी प्रमुख मध्ये झापाको झिलझिले शिवसताक्षी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरको समेत हिजोआज राम्रै चर्चा चल्ने गरेको छ ।

समाजमा शान्ति सुरक्षा र अमनचयन स्थापना गर्न झिलझिले प्रहरीलाई निकै चुनौती हुने गरेका समाचारहरु पनि नौला भने होइनन् । कुनै न कुनै घटनाले पटक पटक चर्चामा ल्याउने झिलझिले प्रहरीमा प्रहरी निरीक्षक ठाकुरको उपस्थितिलाई स्थानीयले निकै महत्त्वका साथ हेर्ने गरेका छन् । पशुचौपायालाई सडक आसपासमा जथाभावी छोड्ने परम्परागत समस्या रहदै आएको झिलझिले क्षेत्रमा दुर्घटनाको जोखिम नियन्त्रण गर्न समेत कहिलेकाही प्रहरीलाई नै हम्मेहम्मे पर्ने गरेको स्थानीयहरु सुनाउँछन् । पशुचौपायाले निम्त्याउने समस्या बाहेक ट्रीपर र गाडीहरूको ओभर स्पीडको कारण बाट पनि समस्या निम्तिने गरेको प्रहरी निरीक्षक ठाकुरको भनाइ रहेको छ । प्रहरी सेवालाई विश्वसनिय बनाउन नागरिक तह बाट पुर्ण सहयोग अपरिहार्य रहेको बताउने प्र. नि. ठाकुर इ प्र का झिलझिलेमा रहेर कार्य गर्दा सवैको साथ र सहयोग राम्रै पाइरहेकोमा खुशी व्यक्त गर्छन् ।

बिज्ञापन

लागुऔषध दुर्व्यशनीहरु लाई पक्रने लगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेकाहरूको खोजी गरि आवस्यक कानुनी कार्वाहीको लागि पठाइएको बताउदै ठाकुरले ओमकार टाइम्स संग भने, ‘१ सय ग्राम तौल भएको खैरो हिरोईन सहित रंगियाथान बाट राम कुमार लकान्द्रीलाई पक्राउ गरेर मुद्दा चलाएका छौँ, लागू औषध प्रयोग र कारोबारमा संलग्न धेरैजना माथि प्रहरीको निगरानी छ, लागूऔषध दुर्व्यशनीको सिकार भएका युवाहरूलाई सुधार केन्द्रमा पठाउने, विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने आदि जस्ता कार्यहरू तिब्रता साथ अगाडि बढाइएको उनको भनाइ छ ।

पहिलेको तुलनामा हिजोआज शिवसताक्षी नगरपालिका झिलझिलेमा निकै फरक पाइन थालेको स्थानीयको अनुभव छ । दिनरात मदिरा सेवन गरेर होहल्ला गर्ने तथा लागू औषध प्रयोग गर्नेहरु समेत हराउदै गएको भन्दै स्थानीयले खुलेरै चर्चा गर्न भ्याएका छन् ।

चोरी तस्करी जस्ता अपराधजन्य गतिविधिहरु समेत नियन्त्रण हुँदै गएकोमा स्थानीयहरु हर्षित हुने गरेको पाइएको छ । दुधेका पुराना वासिन्दा तथा ब्यवसायि राम प्रसाद मैनाली शिवसताक्षीमा हिजोआज आपराधिक गतिविधिहरु कम हुँदै गएका हुन् कि भन्ने अनुभुती हुन थालेको बताउछन् । प्रहरी निरीक्षक ठाकुरको खुलेरै प्रशंसा गर्ने मैनाली भन्छन्, ‘वहाँको आगमनले ईलाका प्रहरी कार्यालयको स्वरुप परिवर्तन हुँदै गएको छ, कार्यालय परिसर भित्र विभिन्न भौतिक संरचनाहरु निर्माण हुन थालेका छन्, चोरी तस्करी जस्ता सामाजिक अपराधमा पनि निकै कमी आएको महसुस हुन थालेको छ ।

दुधेमा रहेर लामो समय देखि व्यवसाय सञ्चालन गर्दै आएका पाथीभरा ट्रेड सेन्टरका संचालक अशोक बस्नेत भन्छन्, ‘यहाँ जुवा, कौडा, काठ तस्करी गर्नेको कमी थिएन, तर हिजोआज सब हराएर गएको छ, इलाका प्रहरी कार्यालय भित्र फुलबारी, गोलघर, मन्दिर जस्ता अत्यावश्यक भौतिक संरचनाको व्यवस्थापन भएको छ, यो वास्तव मै खुशीको कुरा हो ।’

राजमार्गमा कहि कतै चेकजाँच नहुदा पनि झिलझिलेमा निकै कडाइका साथ सवारी चेकजाँच हुने गरेको स्थानीय शिक्षक एन. पी. लामिछाने बताउछन् । प्रहरी निरीक्षक ठाकुरको बारेमा लामिछाने यसो भन्छन्, ‘वहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्छ, मुद्दा मामिला जस्ता न्यायीक छलफल तथा आपराधिक गतिविधि नियन्त्रणमा समेत वहाँको भुमिका निकै राम्रो रहेको देखिन्छ।’

बाढी पिडित संग प्रहरी

गतहप्ता कन्काइ नदिमा आएको बाढीले शिवसताक्षी नगरपालिकालाई निकै तनावग्रस्त बनायो । ८ घर पुर्णरुपमा विस्थापित भए भने कतिपय घरहरू जलमग्न भएर स्थानीयले सास्ती बेहोर्नु परेको थियो । धान खेती अविरल परेको पानीमा उद्दारको कार्यमा पनि प्रहरीको भुमिका उच्च देखिएको स्थानीयहरु बताउँछन् ।

भ्रष्टाचार र व्यथिती ले मुलुकभर गाजिदै गएको परिस्थितिमा प्रहरी संगठनले पनि निकै मेहनत र आत्मविस्वासका साथ कार्य गर्नुपर्ने चुनौती छ। आपराधिक घटनालाई पुर्णरूपमा न्यूनीकरण गर्न प्रहरी निरीक्षक ठाकुरले आगामी दिनमा के कस्ता महत्त्वपूर्ण योजना ल्याउने हुन् त्यो भने हेर्न बाकी नै छ ।