
५ असार, पोखरा । पोखरा महानगरपालिकामा- ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरस सक्रमित थपिएका छन् ।
पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै सोमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक-एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ ।
गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।