
दमक। झापामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाको शिवसताक्षी नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी यहि श्रावण ५ गते बहराइनबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी ३९ वर्षीय पुरुष भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीेले जानकारी दिनुभयो । ५४ जनाको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा मात्र पोटेजिभ देखिएको पनि अधिकारीले जानकारी दिनुभयो । योसँगै झापामा कोरोना संक्रमण हुनेको संख्या ३ सय १९ पुगेको छ ।
बिज्ञापन



शिवसताक्षीबाट १३ महिला र ४१ पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड अस्पताल पठाउने तयारी भइरहेको पनि अधिकारीले जानकारी दिनुभएको छ ।सवाल नेपालबाट साभार
