
काठमाडौं। बाढीले प्रदेश २ मा हालसम्म ९ जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी मानिस घरबारविहीन भएको जिल्लामा प्रदेश सरकारद्वारा गठित विपत् व्यवस्थापन तथा अनुगमन समितिले बताएको छ।
बाढीबाट प्रभावित पर्सा, रौतहट, सिरहा, महोत्तरी, सप्तरीलगायतका जिल्लामा प्रदेश सरकारद्वारा गठित विपत् व्यवस्थापन तथा अनुगमन समितिले क्षतिको आकलन गरेको हो।
अनुगमन तथा निरीक्षण संयोजक भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र सदस्यहरू आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय तथा जिल्ला विपत् व्यवस्थापन संयोजकहरूको संयुक्त टोलीले बाढीग्रस्त क्षेत्रमा नियमित अनुगमन गरी क्षतिको विवरण संकलन गरिरहेको छ।
रौतहटको लालबकैया र बागमती नदीमा तटबन्ध भत्किँदा ३ करोडभन्दा बढीको क्षति भएको छ।सबै जिल्लाको बिबरण आउन भने बाँकि छ।