
प्रदेश १ मा शनिवार १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५ झापामा १, सुनसरीमा २ खोटाङ र तेह्रथुममा १—१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ ।प्रदेश १ मा शनिवार ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा साउन १० गते सम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले बताउनुभयो ।
विराटनगरस्थित विराटनगर अस्पतालका संचालक समेत रहेका कोरोना संक्रमित चिकित्सकलाई शुक्रबार राती धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचारको लागि भर्ना गरिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिनु भयो ।
संक्रमित चिकित्सकको कन्ट्याक्ट टे«सिङका आधारमा शुक्रबार विराटनगर अस्पतालका ५८ जनाको पीसीआर संकलन गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । चिकित्सक वाहिर कतै नगएको हुनाले समुदायमा कोरोना देखा परेको प्रमुख कार्कीको भनाइ छ ।
चिकित्सकलाई संक्रमण देखिए पछि विराटनगर अस्पताल विराटनगर महानगरपालिकाको नेतृत्वमा सिल गरेको छ । सो अस्पतालमा नयाँ विरामी भर्ना गरिएको छैन भने भर्ना भएका विरामीहरुलाई धमाधम डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।