सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९८ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।