नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु

नवलपरासी- पूर्वी नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २ का गड्डा खोला निवासी २४ बर्षीया सीता परियारलाई विहीबार विहान खोलाले बगाएको हो ।

घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो । उन स्थानीय तत्काल खोजी गरे पनि ३ मिटर तल मध्यविन्दु ९ वसन्तपुरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।