
काठमाडौँ : चीन र अमेरिकी राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् । ट्वीटरमार्फत अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएका हुन् ।

चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छिन् । अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड–१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।
बिज्ञापन



भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हिजै बधार्ई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए ।
