
गोरखामा अघिल्लो स्थानीय निर्वाचनमा ११ मध्ये ९ पालिका कांग्रेसले जित्दा माओवादीले २ सीट मात्र जित्न सकेको थियो । ५ वर्षको अन्तरालमा यसपालि माओवादीले कांग्रेसको नतिजा ठ्याक्कै उल्ट्याइदिएको छ ।

२ नगरसहित ९ पलिका जितेको कांग्रेसले दुवै नगर गुमायो । २ पालिकामा मात्रै सीमित भयो, जुन यसअघि माओवादीको अवस्था थियो । अहिले माओवादीले २ नगरसहित ९ पालिका जितेको छ ।गोरखाका ११ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख र ६ वटामा उपप्रमुख जितेको छ भने कांग्रेसले दुईवटा गाउँपालिकामा अध्यक्ष र पाँचवटामा उपप्रमुख जितेको छ । यसपाली पनि कांग्रेसले कम्तिमा ८ स्थानीय तहको प्रमुख जित्ने आकलन थियो ।



पार्टीभित्रको अन्तरविरोधका कारण पनि केही ठाउँमा पराजय भोग्नुपरेको नेताहरूको निष्कर्ष छ ।गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा माओवादी र जसपा मिलेका थिए । उता पालुङटारमा भने एमाले र जसपा मिलेका थिए । दुई ठूला पार्टीबीच गठबन्धन भएकै करण केही पालिकामा पराजित हुनुपरेको हो । गोरखा र गण्डकीमा जसपाको साथले माओवादी विजयी भएको छ । केही पालिकाहरुमा वडाध्यक्ष सहित प्यानल कांग्रेसले जित्दा पनि मेयर र उपमेयरमा कम मत आएर पराजित भएको छ ।
