आज साउन १६ गते शुक्रबार , हेर्नुस् आजको राशिफल

वि.सं.२०७७ साउन-१६,शुक्रवार,ई.सं.२०२० July -३१, शक संवत्-१९४२,नेपाल संवत्-११४ गुँलाथ्व, प्रमादी, दक्षिणायन, वर्षा,श्रावण शुक्लपक्ष तिथि-द्वादशी , २२:४९ बजे उप्रान्त त्रयोदशी,नक्षत्र,ज्येष्ठा , ०८:२५ बजे उप्रान्त मूल,योग-ऐन्द्र , १३:१६ बजे उप्रान्त वैधृति,करण-वव ११:३३ बजेदेखि वालव , २२:४९ बजे उप्रान्त गर,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-चर, सूर्योदय-५:२७, सूर्यास्त-१८:५२, दिनमान-३३ घडी ३१ पला,वहिद्य वोय।

 

बिज्ञापन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – विश्वास जित्नै अघि बढ्न सकिने छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ७ रहेको छ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – विशिष्ट नयाँ काम गर्ने मौका छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,आजको शुभ अंक ६ रहेको छ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,नाक तथा घाँटीमा समस्या आउला ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,आजको शुभ अंक ४ रहेको छ ।

 

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – उच्च मनोवल रहनेछ अध्यात्मिक शक्ति बढ्ने छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ , आजको शुभ अंक ३ रहेको छ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–  दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अधुरा काम सम्पादन गर्न सकिनेछ,धार्मिक यात्राबाट आनन्द हुनेछ,साझे दारीको काममा संकट आउनेछ, धार्मिक कार्यमा सफल भइनेछ ,आजको शुभ अंक २ रहेको छ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –बन्न लागेको कार्य रोकावट आउन सक्छ ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।