चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मालारानी गाउँपालिका ७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया बालिकालाई चकलेट खुवाउने बहाना फकाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

महतले जेठ १३ गते दिउँसो ३ बजेको समयमा बालिकालाई चकलेट खुवाउने बहाना बनाएर गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् ।

महतलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।