
पर्सा : कोरोनाका कारण जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु भएको हो । कोभिड अस्पताल गण्डकमा उपचाररत जगलम्बा इन्टरप्राइजेजका सिइओ ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति ११ बजे मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।

बिज्ञापन



गत ७ गते कोरोना सक्रमणको पुष्टि भएपछी सिइओ कोभिड अस्पतालमा गण्डकमा भर्ना भएका थिए । उनलाई स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बिहीबार राति मृत्यु भएको हो । उनको मुटुरोगको केही समय पहिले सर्जरी समेत गरिएको थियो ।
