
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको पीसीआर नेगेटिभ आएको छ ।
सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा सभामुखसहित सचिवालय सबैको पीसीआर नेगेटिभ आएको हो ।
स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर गर्दा नतिजा नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए ।