
जनकपुर – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व काठमाडौंमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेको खुलेको छ ।

उनी आइतवार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
बिज्ञापन



मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।

मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।