
आज देशभर थप ३६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका सँगै देशभर २१ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ६ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश १ मा ३५८ जना प्रदेश २ मा २ हजार ६९३ जना, गण्डकी ८३५ जना बागमतीमा २८० जना, प्रदेश ५ मा ३७७ जना, कर्णालीमा २६३ र सुदूरपश्चिममा १ हजार ४९० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाका अवधिमा २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म १५ हजार ३८९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ६२२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । आज देशभर ९ हजार ४७० जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ ।
सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।