हेर्नुहोस वि.सं.२०७७ साउन -२५,आइतवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सामानहरू छुट्ने/हराउने सम्भावना छ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,व्यवसायका लागि यात्रा सम्भावना छ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आफन्त बीच अविश्वास बढ्ला, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – किनमेल गर्दा सजग रहनु होला,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, शुभ कुराको सङ्केत मिल्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– झगडा पनि हुनसक्छ,अधुरा कामहरू बन्नेछन्,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ, आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– अप्रिय समाचारले दुःखी बनाउन सक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विगतको श्रमबाट भने लाभ हुनेछ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – पठन–पाठनमा प्रगति हुनेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – विश्वास जित्नै अघि बढ्न सकिने छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ, स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ ।