आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ।  

यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।