सञ्जय दत्त अस्पताल भर्ना

एजेन्सी : बलिउड नायक संजय दत्त अस्पताल भर्ना भएका छन् ।

अभिनेता दत्त मुम्बइको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो ।

बिज्ञापन

अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए ।