
सुनसरी÷ जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछी पक्राउ गरेको छ ।
सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय सुनाईएका बक्लौरी –६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।
पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ साल बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बा गाउँ बिकास समिती–४ का सुनेर कुमार ठाकुरलाई सामान्य बाद बिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।
घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल श्रावण २६ गते शेर्पालाई रामधुनी नगरपालिका–६ बाट तथा चौधरीलाई ईनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।