चीनद्वारा युवती बलात्कारपछि हत्याको अभियोगमा नेपाली युवक पक्राउ

काठमाडौं । चीनको पुराङ काउण्टीको ताक्लाकोटमा एक चिनियाँ युवतीको हत्या अभियोगमा नेपाली युवक पक्राउ परेका छन् ।

काम गर्ने सिलसिलामा ताक्लाकोट पुगेका हुम्लाका सर्केगार्ड गाउँपालिका २ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा गत बिहीबार चिनियाँ प्रहरीले पक्राउ गरेको हो ।

हाल ताक्लाकोटमा रहेका सिमकोट गाउँपालिका २ का स्थानीयको भनाइ अनुसार ताक्लाकोटबाट प्रहरीले नियन्त्रण लिएर फडेरालाई तुन्चुउमा लगेको छ ।

चिनियाँ युवती हत्या भएपछि ताक्लाकोटमा रहेका नेपालीमाथि चिनियाँ प्रहरीले निगरानी राख्दै आएको थियो । हाल दुई हजार नेपाली कामको सिलसिलामा ताक्लाकोटमा रहेका छन् ।

युवतीको मृत्यु भएपनि भाषाका कारण चिनियाँ प्रहरीले नेपालीलाई नियनत्रणमा लिएको औपचारिक जानकारी नआएको सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक देउ बहादुर चन्दले जानकारी दिए ।