समुदायमा संक्रमण फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै

वीरगन्ज । कोरोना भाइरस संक्रमण समुदायमा फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै गएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा समेत संक्रमण भएको कारण कोरोनाको उपचार समेत प्रभावित भएको छ ।

नारायणी अस्पतालमा मात्र कार्यरत ८ जना चिकित्सक, १० स्टाफ नर्स, लगायत ३७ जना संक्रमित भई आइसोलेसनमा छन् । जसका कारण उपचारमा समस्या देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभएको छ । चार महिना लामो लकडाउनपछि सहज बन्दै गएको वीरगन्जको जनजीवन पुनः भयावह बन्दै गएको छ ।

बिज्ञापन

समुदाय स्तरमै संक्रमण फैलिएका कारण स्थानीय प्रशासनले गत दुई हप्तादेखि लगाइएको निशेधाज्ञाले पनि संक्रमण न्युनिकणमा कुनै प्रभाव पार्न सकेको छैन् । पर्सामा संघीय सांसददेखि महानगरका नगर प्रमुख लगायत नगरपालिकाका कर्मचारी ,प्रहरी ,सेना ,स्वास्थ्यकर्मी ,कारागारका कर्मचारी र बन्दी समेत कोरानाबाट संक्रमित भएका छन् ।