अन्तिम संस्कार सकेपछि महोत्तरीका एक पुरुषमा काेराेना पुष्टि

महोत्तरीमा २ दिनअघि मृत्यु भएका पुरुषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे छ । मटिहानी नगरपालिका-६ का ५२ वर्षीय पुरुषमा मृत्यु भएकाे २ दिनपछि काेराेना पुष्टि भएकाे हाे ।

जनकपुरस्थित राम जानकी अस्पतालमा आइतबार भर्ना भएका उनकाे साेमबार राति मृत्यु भएकाे थियाे । त्यसअघि साेमबार बिहान काेराेना परीक्षणका लागि उनकाे स्वाव संकलन गरिएकाे थियाे ।

बिज्ञापन

मृतकको अन्तिम संस्कार गरिसकेपछि रिपोर्ट पोजेटिभ आएको हाे । ती व्यक्ति फोक्सो र मधुमेहका बिरामी थिए ।