संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ ।

संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजिटिभ हुने सम्भावना बढी रहने बताए ।

बिज्ञापन