
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।

सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
बिज्ञापन



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।