मरेको चित्तल सहित २ जना पक्राउ

मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका-२ हरियाली सामुदायिक वनबाट मरेको चित्तल सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी र सव डिभिजन वन कार्यालय पथरीको संयुक्त टोलीले स्थानीय २६ बर्षीय चित्र कुमार श्रेष्ठ र बलगाँउ-५ भोजपुर घर भई पथरी-१ बस्ने २१ बर्षीय बिकास राईलाई पोथी जातको चित्तल मारी लैजाँदै गरेको अवस्थामा सोमवार दिउँसो सवा २ बजे पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागी सव डिभिजन वन कार्यालय पथरी बुझाएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।