झापाको गौरादहका १०० जनाको कोरोना रिपोर्ट नेगेटिभ,१ सय १२ जनाको आउन बाँकि

झापाको गौरादह नगरपालिका भित्रबाट संकलन गरि परिक्षणका लागि पठाईएको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको छ ।

स्वाब परिक्षणका लागि गत श्रावण २७ गते झापास्थित मेचि प्रादेशिक अस्पताल भद्रपुर पठाईएका १ सय जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा सह संयोजक गोबिन्द श्रेष्ठले जानकारि दिए ।

इलाममा कार्यरत सशस्त्र पहरिका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ति २ पहरि जवान समुदायमा पनि घुलमिल भएको हुदा समुदायमा कोरोना फैलिएको हुनसक्ने आशंकामा स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।

नगरको वडा न . ७ , ८ र ३ को समुदाय तथा स्थानिय वजार र एनआईसि एशिया बँैक गौरादह शाखाबाट पठाईएका स्वाबको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको श्रेष्ठले बताए ।

यसैगरि स्वाब परिक्षणका लागि श्रावण २८ गते पठाईएका १ सय १२ जनाको भने रिपोर्ट आउन बाँकि रहेको श्रेष्ठले जानकारि दिए ।