
यस पटक दसैँमा नयाँ नोट वित्तरण गर्ने ÷नगर्नेमा राष्ट्र बैङ्क नै अन्योलमा परेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका रेवती नेपालले नयाँ नोट साट्ने नसाट्नेमै अन्यौल रहेको बताएका छन् । उनले परिस्थिती हेरेर निर्णय असोज लागेपछि मात्र गरिने बताए । उनले भने, ‘परिस्थिती यस्तै हो भने साटिदैन, सहज भयो भने साट्छौ । ’

उनका अनुसार बैङ्कले नयाँ नोट तयारी अवस्थमा भने राखेको छ । कोरोना महामारीका कारण अहिले देश निषेधाज्ञामा छ । जोखिम लम्बिदै गए निषेधाज्ञा लम्बिदै जाने पक्का छ । कोरोनाको जोखिमसँगै नोट साटिने सम्भावना पनि कम छ ।



नेपाल राष्ट्र बैङ्कले हरेक वर्ष दसैँमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट साट्दै आएको छ । दसैँबाहेक पनि विभिन्न चाँड लक्षित नयाँ नोट साट्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

यसपटक कात्तिक १ गते घटस्थापना र १० गते टिका रहेको छ ।