पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको जोरकलस–कुटिडाँडा खण्डमा पहिरो खसेको हो ।

गएरातिको भारी वर्षाका कारणका पहिरो खसेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले जानकारी दिए । उनले राजमार्गमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन खाल्डाे पारेकाले पहिरो गएको बताए । यो राजमार्गले सुदुर पूर्वको इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्छ ।

मेची राजमार्गका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

पहिरोका कारण गाउँपालिकाका विभिन्न ठाँउमा बिजुलीका पोलमा पनि क्षति पुगेको वडाध्यक्ष स्याङ्बोले जनाए ।