
काठमाडौं : प्रेम सम्बन्धमा रहन होस् वा विवाह गर्नको लागि होस् हरेक शारीरिक हिसावले महिलाको रोजाइमा अग्लो हाइट भएको पुरुषह रोजाइमा पर्ने गर्छन्। तर एक अध्ययनले अग्लो हाइट भएका पुरुष भन्दा होचो हाइट भएका पुरुषहरू सम्बन्धमा इमान्दार रहने देखाएको छ।

होचो हाइट भएका पुरुषहरू अग्लो हाइट भएका पुरुष भन्दा आत्मविश्वासी र आफ्नो पार्टनरप्रति धेरै नै समर्पित हुने देखाएको छ। हालै अमेरिकाको न्यूयाेर्क यूनिभसिटीले गरेको एक अनुसन्धानले होचो हाइट भएको पुरुषसँग प्रेम सम्बन्ध तथा विवाह गरेका महिलाहरुको जीवन खुसी रहेको देखाएको छ। यस्तै अग्लो हाइट भन्दा होचो हाइट भएका पुरुषसँग प्रेम सम्मबन्धमा रहेका धेरै प्रेम जोडीहरूले विवाह गरेको समेत अनुसन्धानले देखाएको छ।



होचा पुरुष धेरै अत्मविश्वासी

अनुसन्धानले अग्ला पुरुष भन्दा होचा पुरुष धेरै आत्मविश्वासी हुने समेत देखाएको छ। अग्ला पुरुष भन्दा होचा पुरुष सावर्जनिक ठाउँमा वा साथीभाइको बीचमा खुलेर कुरा गर्न सक्ने तथा सबैसँग राम्रो सम्बन्ध राख्ने सक्ने देखाइएको छ। यस्तै होचा पुरुषले प्रेममा धोका नदिने समेत अनुसन्धानले देखाएको छ।
अग्लो पुरुषको तुलनामा होचा पुरुष आफ्नो पार्टनरप्रति धेरै नै इमान्दार देखिने समेत बताइएको छ। यस्तै होचा पुरुष जीवनमा आएका समस्याहरू सजिलैसँग समाधान गर्न तयार हुन्छन्। साथै सबैलाई प्रेमिल व्यवहार गर्ने खालका हुने समेत देखिएको छ।