
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा नियमित गर्ने या अन्य विकल्प खोज्ने विषयमा निर्णय गर्न काठमाडौं उपत्यकाका ती जना सीडीयोले छलफल सुरु गरेका छन् ।

जारी निषेधाज्ञा भोली (२४ गते) राति सकिदै गर्दा अब के गर्ने भन्ने विषयमा निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल छलफल सुरु गरेका हुन् ।
बिज्ञापन



काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘ जारी निषेधाज्ञा के गर्ने भन्ने विषयमा अहिले हामीले विज्ञहरूसँग सुझाव लिने काम गरिरहेका छौं । त्यही सुझावका आधारमा हामी तीन जना नै बैठक बस्छौं र भोली सम्ममा निर्णय गर्छौं ।’

कोरोना भाइरस संक्रमितको सङ्ख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा गत भदौ तीन गते देखि निषेधाज्ञा जारी गरेको थियो ।