कागेश्वरी मनोहरामा ग्यास विष्फोट, एकजना घाइते

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट हुँदा एक जना घाइते भएक छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् ।

एसएसपी ज्ञवालीका अनुसार घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ ।

स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।