आज कति छ सुनचाँदीको मूल्य ?

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

साताको कारोबारको अन्तिम दिन शुक्रबार समेत छापावाल सुनको मूल्य ९६ हजार ५०० रहेकोमा आइतबार मूल्य स्थिर रहेको हो ।

बिज्ञापन

यस्तै तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।