सुतेको ओछ्यानबाटै रहस्यमय ढंगले गायब भएका झा दम्पतीको शव गाडिएको अबस्थामा फेला

एक महिनाअघि सुतेको ओछ्यानसहित बेपत्ता पारिएको एक दम्पतिको शव गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको अवस्था बेपत्ता पारिएको एक महिनापछि पत्ता लागेको हो।

दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको प्रहरीले जानकारी दिएको छ। शव घरभन्दा साढे ३ किलोमिटर पर ठूलो खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। खाल्डो खनेर निकालिएको र शवको मृतकका छोराले सनाखत गरेको प्रदेश २ प्रहरीले जानकारी दिएको छ। छन्।

प्रहरीले झा दम्पतिको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन्।