
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योगदानलाई नेपाली नागरिकले नबिर्सिने बताउनुभएको छ ।
कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि नेकपा प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै यस्तो बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली नागरिकले कहिल्यै बिर्सन छैनन् ।’
साथै प्रवक्ता श्रेष्ठले घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
२०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आइतबार राति १२ बजेदेखि सकिएकाे हो ।
आफ्नो चार वर्षे कार्यकालमा निकै प्रशंसा कमाउनुभएका कुलमान घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ ।