स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिवद्ध : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिवद्ध रहेको बताएका छन् ।

विश्व विरामी सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको परवाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनमा सरकार प्रतिवद्ध रहेको बताएका हुन ।

बिज्ञापन

मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिंदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह गरे ।

बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाका लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालना गर्न र गराउन उनल आह्वान गरेका छन् ।

हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित विरामी’ रहेको छ ।