
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नौवटा आन्तरिक उडानमा उडान सेवा सुरु गरेको छ ।
निगमले सार्वजनिक गरेको तालिकाअनुसार भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रूकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्ममा उडान सुरु गरेको हो ।
कोभिड- १९ को कारण करिब ६ महिना आन्तरिकतर्फको व्यावसायिक उडान बन्द भएकोमा निगमले नौ जिल्लाका विमानस्थलमा उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।
निगमले यात्रुको चाप र मागलाई हरेर अधिकतम् सातामा तीन दिनदेखि न्यूनतम् एक दिनसम्म उडान गर्ने तालिका रहेको छ ।