
काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ ।

५८ वर्षपछि फेला परेको ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी हिल्साभन्दा माथि करिब ५२ सय मिटरको उचाइमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।



सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए ।

तर, सीमास्तम्भ फेला परेपछि चीनले हुम्लाको लिमि उपत्यकामा बनाएको भनिएका भवन कसको भूभागमा पर्छ अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।
नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । तर, लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो ।
११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो ।
यता नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेका छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भुमिमा भवनहरु निर्माण गरेको सचारत सार्वजनिक भएपछि सरकारले भुमि नमिचिएको प्रष्ट पारेको हो ।
बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुरमा ज्ञवालीले चीनको तर्फबाट नेपाली भुमि नमिचिएको बताएका हुन् ।