आज कति छ सुनचाँदीको मूल्य

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर आइतबार तोलामा ११५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११६० रुपैयाँ थियो ।