काबुल विमानस्थलमा हमला अमेरिका नभई तालिबानको लागि धक्काः रुस

अफगानिस्तानमा तालिबान र दाएश (इस्लामिक स्टेट) बीच कहिल्यै समाप्त नहुने युद्ध चलिरहेको अफगानिस्तानमा रुसका राजदूत दामित्री जिर्नोवको मान्यता छ ।

रुसी समाचार एजेन्सी तास रिपोर्टका अनुसार दमित्री जिर्नोवले काबुल विमानस्थलमा भएको बिस्फोट अमेरिकाको साटो तालिबानका लागि चुनौती भएको बताएका छन् ।

शनिबार दमित्री जिर्नोवले एक अन्तरवार्ताका बेला भने, ‘यो लडाईंको कुनै नतिजा निकाल्न सकिँदैन । यदि काबुल विमानस्थलमा भएकामे हमलाको पछाडि दाएशको हात थियो वा यो तालिबानका लागि चुनौती हो । किनभने यतिबेला अफगानिस्तानको जिम्मेवारी तालिबानले नै लिएको छ ।’

उनका अनुसार यो हमलाका कारण तालिबानको साखमा धक्का लागेको छ । ‘यसमा कुनै शंका छैन कि काबुल विमानस्थल नजिकै जे भइरहेको छ, त्यसका लागि पूर्ण रुपमा तालिबानलाई जिम्मेवार ठहर गर्न सकिँदैन । तर जुन क्षती भएको छ, त्यो उनीहरुको छविलाई भएको छ । मानिसहरुले भन्नेछन् कि तालिबान काबुलमा छिर्नेबित्तिकै यस्तो भयो ।’

‘जहाँसम्म मलाई थाहा छ, तालिबानले इस्लामिक स्टेटका दुई चरमपन्थीलाई पक्राउ गरेको छ । कथित रुपमा उनीहरु मलेसियाली नागरिक हुन् । त्यसैले मलाई लाग्छ कि उनीहरुले आफ्नो कारवाही तेज गर्नेछन् र दाएशविरुद्ध कडा व्यवहार अपनाउनेछन् ।’