गौरादह हत्याकाण्ड : ने.बी.संघले जारी गर्यो बिज्ञप्ती, हत्यारालाइ चाडो पत्ता लगाइ कारबाही गर्न माग

नेपाल बिद्यार्थी महासंघले झापाको गौरादहमा भएको बिभत्स हत्याको हत्यारालाइ चाडो भन्दा चाडो पत्ता लगाइ कानुन बमोजिमको कारबाहीको माग गरेको छ ।

 

बिज्ञापन

ने.बी.संघका नेता रबिन ढुंगाना र ने.बी. संघ गौरादह नगर कमिटी सभापति बाबुराम नेपालले संयुक्त रूपमा जारि गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ” झापाको गौरादह नगरपालिका वडा न १ बस्ने ६५ बर्षिय महिला पार्बता भण्डारीको निर्मम रूपमा भएको खबरले ने बी संघ गम्भीर भएको छ ।मृतक भण्डारी को हत्यारालाई चाडो भन्दा चाडो पत्ता लगाइ कानुन बमोजिमको कडा भन्दा कडा कारबाही गर्न प्रशासनसगँ ने.बी. संघ माग गर्दछ ।साथै मृत आत्माको चिर शान्तिको काममा गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दछ “।

 

भण्डारी हिजो दिउँसो ४:३० बजे तिर आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाधेर रगतमा लतपत भएको अबस्थामा  भेटिएकी  थिइन ।

घटनाको विषयमा अहिले प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।