सांसदको गुनासो: कुर्सीबाट लडे, ज्यान जोगाई पाँउ

काठमाडौं । सत्तारुढ दलका सांसद खगराज अधिकारीले आइतबार प्रतिनिधिसभा बैठकमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइन दिन सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।

 

बिज्ञापन

बैठकमा उहाँले आफ्नो भाँचिएको कुर्ची उठाएर सभामुख कृष्णबहादुर महरालाई देखाउँदै पटकपटक लडिसकेको र दुर्घटना चाहिँ नभएको भन्दै बचाइदिन ध्यानकार्षण गराउनुभएकाे हाे।

सांसद अधिकारीले बिग्रिएको कुर्चीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, ‘अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। कति पटक भन्नुपर्ने हो कुर्ची मर्मत गर्नुपर्‍यो ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ।’

 

अधिकारीले संसदबाट त्यस्ता कुर्सी हटाउन माग पनि गर्नुभयाे। ‘आगामी दिनमा यस्तो कुर्सी नराखियोस्’, उहाँले भने, ‘धराप भयो। ज्यान जोगाइ पाउँ भन्ने अवस्था आयो।’ यसपछि सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयाे।