गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गएराति गरिएको परीक्षणमा गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । संक्रमित पाँचदेखि ८६ वर्ष उमेर समूहका छन् ।

संक्रमितमध्ये पोखरा महानगरपालिका-१७ का २४ र २३ वर्षका २ जना पुरुष स.प्र.मु.का. (गण) पोखरामा कार्यरत नेपाल प्रहरी हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको छ ।