
आईपीएल/साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ ।
दुबईमा गएराति भएको खेलमा चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा भेट्टायो ।
चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार प्रदर्शन गरे । प्लेसिस र वाट्सनले १८१ रनको साझेदारी गर्दै शानदार जित निकालेका हुन् ।
प्लेसिसले ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा बनाए । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।
पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।
यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे । चेन्नईका सार्दुल ठाकुरले २, रविन्द्र जडेजा र पियुस चावालाले एक–एक विकेट हात पारे ।
जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पन्जाब ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।