झापामा लकडाउन हुने भन्ने हल्लाको प्रजिअद्वारा खण्डन

झापामा असोज २६ गतेदेखि लकडाउन हुने भन्ने हल्लाको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले खण्डन गरेका छन्। उनले लकडाउन बारे कुनै निणर्य नभएको बताएका छन् ।

प्रजिअ तिमिल्सिनाले नजिकिएको चाडवाडमा संक्रमण फैलिन सक्ने जोखिम रहेकाले त्यसको लागि मापदण्डसम्म बनाइने बताएका छन्। उनका अनुसार जिल्लाले केन्द्र सरकारको नीति अनुरुप काम गर्ने भएकाले माथिको निर्देशन अनुसार व्यवस्था गरिने छ ।

झापामा अहिलेको अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन, प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने- तर , उच्च सतर्कता अपनाउन जरुरी छ । जिल्लामा लकडाउन गर्ने बारे अहिलेसम्म कुनै निणर्य नगरिएको उनको भनाई छ ।

प्रजिअ तिमिल्सिनाले नजिकिएको चाडबाडमा सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको बताए । उनले जोखिमलाई मध्यनजर गर्दै दसैँ, तिहार र छठसम्मलाई जिल्ला तहमा व्यवस्थापनका लागि निर्णय हुन्छ । चाडबाडमा भिडभाड बढ्ने भएकाले त्यसको लागि मापदण्डसम्म बनाइने छ । उनका अनुसार जिल्लाले केन्द्र सरकारको नीति अनुरूप काम गर्ने भएकाले माथिको निर्देशन अनुसार व्यवस्था गरिने छ ।