
मोरङ । मोरङको बेलवारीबाट अढाइ लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन ।

उनीहरुलाई शुक्रबार राति उनीहरूलाई बेलबारी नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
बिज्ञापन




पक्राउ पर्नेमाहरुमा बेलबार–११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, बेलबारी–३ का रित गुरुङ, दमक नगरपालिका–५ का धमेन्द्र राई, सुनसरी इटहरी–१ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका–८ का पर्शुराम भुजेल छन्।
उनीहरुलाई स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ५३ हजार २३५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जुवा अखडाबाट एक सेट कौडा, तीन बुङ तास, को२च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट मोटरसाइकल र को२३प १३८७ नम्बरको स्कुटर बरामद भएको छ।