
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रा कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

क्वात्रा क्लोज कन्ट्याक्टमा परेका छन्। शुक्रबार मात्रै मन्त्री भट्टराई र राजदूत क्वात्राबीच भेट भएको थियो। पर्यटन मन्त्रालयलमा भएको भेटमा उनीहरुबीच दुई देशको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा छलफल भएको थियो।
बिज्ञापन



शुक्रबार दिउँसो राजदूत क्वात्रासँग मन्त्रालयमै भेटेका मन्त्री भट्टराईलाई साँझ ज्वरो आएपछि आज कोरोना परीक्षण गरिएको थियो।

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन भनेका छन्।