उपत्यकामा आज १४१६ जनामा कोरोना पुष्टि

आइतबार उपत्यकामा १ हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको छ । आज काठमाडौंमा १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भत्तपुरमा १ सय १० जनामा कोरोना पुष्टि भएको हो ।

देशभर आज १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

बिज्ञापन

योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये देशभर ३१ हजार ३ सय १५ सक्रिय संक्रमित हुन् ।

त्यस्तै, आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।