अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गद अर्को सूचना नआएसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जानकारी दिएको हो ।

बिज्ञापन

संक्रमणको जोखिम बढेसँगै कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेकाले सो निर्णय गरेको हो ।

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा बाहेकका सबै काम, कारबाही स्थगित गरिएको छ ।

सूचनामा भनिएको छ– ‘कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।’